आइतबार, असार २९, २०८२

आज काठमाडौँका विभिन्न ठाउँमा ९ घण्टा बत्ती जाने

नेपालखोज २०७६ माघ १८ गते ७:४०

१८ माघ, काठमाडौँ । शनिबार आज काठमाण्डौका विभिन्न ठाउँमा बत्ती गएको छ । चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बत्ती गएको हो ।

शनिबार आज बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती शट डाउन गरिएकोे लिमिटेडले जनाएको छ । यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती गएको छ ।

काम निर्धारित समय अवागै सकिएको खण्डमा भने ४ बजेभन्दा अगाडि नै बत्ती आउन सक्ने लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया