शुक्रबार, वैशाख १२, २०८२

मौसम : पहाडका थोरै स्थानमा बर्षा, हिमाली भागमा हिमपातको सम्भावना

नेपालखोज २०७६ माघ १८ गते ७:५२

१८ माघ, काठमाडौँ । तथा मौषम पूर्वानुमान महाशादखाका अनुसार शनिबार आज देशका पहाडी भू–भागमा मौसम आशिंकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

शनिबार आज देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना पनि रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार काठमाडौ उपत्यकाको आजको अधिकतम तापक्रम १८ दशमलब ४ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया