सोमबार, जेठ ७, २०८१

बेलायत युरोपियन युनियनबाट बाहिरियो

नेपालखोज २०७६ माघ १८ गते ८:१३

एजेन्सी । ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरीएको छ । लामो बहसपछि बेलायत युरोपियन युनियनसँगको संलग्नाताबाट अलग भएको हो ।

स्थानीय समय अनुसार राती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा गर्दा देशभर नै उत्सव मनाइएको छ । विभिन्न शहरमा भेला भएका सर्वसाधारणले बेलायतको झण्डा फहराएर सरकारको निर्णयको स्वागत गरेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले जारी गरेको भिडियो सन्देशमा सन् २०१६ सालमा बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने अभियान संचालकका लागि यो सुखद क्षण भएको बताएका छन् ।

बेलायतको घोषणासँगै ब्रसेल्समा युरोपियन युनियनले बेलायतको झण्डासमेत हटाएको छ । यो निर्णयसँगै बेलायत युरोपियन युनियनसँग ११ महिने संक्रमणकालमा प्रवेश गरेको छ ।

उसले आगामी डिसेम्बरसम्म पुरानै कानुन लागू गर्ने स्पष्ट पारेको छ । जसका कारण मानिससहरु सहजै आवतजावत गर्न पाउने छन् ।

प्रतिक्रिया