सोमबार, जेठ ७, २०८१

कोरोना भाइरसका कारण मर्नेको संख्या २५९ पुग्यो, साँढे ११ हजार बढी संक्रमित रहेको आशंका

नेपालखोज २०७६ माघ १८ गते ८:५२

एजेन्सी । चीनमा देखा परेको नयाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५९ पुगेको छ । चीनमा मात्र भाइरसको संक्रमणबाट ११ हजार ७९१ संक्रमित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर, अनुसन्धानकर्ताहरुले भने चीनमा ७५ हजारभन्दा बढी संक्रमित भएको बताएका छन् । विश्भर १२ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ ।

यसको संक्रमण विश्भरका २४ मुलुकमा फैलिएको छ । अमेरिकामा सातजनामा कोरोनाको संक्रमण भेटिएको छ भने बेलायतमा दुईजना, भारतमा एक, नेपालमा एक, अस्ट्रेलियामा ९, जापान १७, दक्षिण कोरिया ११, थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी मलेसियामा ७, यूएईमा ४ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया