आइतबार, वैशाख ७, २०८२

नेकपा केन्द्रीय कमिटी बैठक आज पनि जारी, ११ समूहको प्रतिवेदन पेस हुँदै, आइतबार समापन हुने

नेपालखोज २०७६ माघ १८ गते ११:२१

१८ माघ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा शनिबार आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत हुँदैछ ।

समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन शनिबार आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत हुदैछ ।
यसअघि हिजोको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विभिन्न समुहका नेताहरुले प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन ।

राष्ट्रिय सभा गृहमा जारी बैठकमा आज पनि विभिन्न सूहका नेताहरुले समूह सदस्य दिएको सुझावका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गरिनेछ । बैठक आइतबार समापन हुनेछ ।

प्रतिक्रिया