शुक्रबार, असोज ५, २०८०

राप्रपा केन्द्रीय समिति बैठक जारी, सदस्यहरुले कार्यपत्रबारे धारणा राख्दै

नेपालखोज २०७६ माघ १८ गते ११:२९

१८ माघ, काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक शनिबार आज पनि जारी छ ।

पार्टी कार्यालय धुम्बाराहीमा हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रबारे सदस्यहरुले धारणा राख्नेछन ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकमा सदस्यहरुले अध्यक्ष थापाले शुक्रबार हिजो प्रस्तुत गर्नुभएको ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावी कार्यदिशा’ बिषयक कार्यपत्रमा धारणा राख्ने पार्टी केन्द्रीय सदस्य सृजना बस्नेतले जानकारी दिए ।

थापाले प्रस्तुत गरेको कार्यपत्रमा सरकार सर्वसत्तावादतर्फ केन्द्रित भएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, दलहरु बैचारिक हिसावले बिचलित हुँदै गएको, बाह्य हैस्तक्षेप बढ्दै गएको लगायतका बिषय औंलाइएका छन् ।

प्रतिक्रिया