बुधबार, वैशाख १२, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

नेपालखोज २०७८ मंसिर १४ गते १०:१३

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदैछन् । आज (मंगलबार) दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् ।

महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा बहुमत गुम्ने संकेतसँगै पदबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर गत कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए ।

कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग २३ मत छ । जम्मा ३५ सदस्यमध्ये विश्वासको मतका लागि १८ जना भए पुग्छ ।
आज बोलाइएको प्रदेश सभा बैठकमा एमालेका सांसदहरू भने अनुपस्थित हुने भएका छन् ।

अल्पमतमा रहेका एमाले सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी भएकाले पनि अनुपस्थित हुने जनाइएको छ ।

प्रतिक्रिया