शुक्रबार, असोज ५, २०८०

कालीकोटमा घरघरमा खानेपानी धारा अभियान शुरु

नेपालखोज २०७६ माघ १८ गते ११:४८

१८ माघ, कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले घरघरमा खानेपानीको धारा बनाउने अभियान शुरु गरेको छ ।

नगरपालिकाभित्रका तीन हजार ३०० घरधुरीमा खानेपानीको पहुँच पु¥याउन अभियान शुरु भएको हो । नगरभित्र खानेपानी पहुँच पु¥याउनका लागि युनिसेफसँगको साझेदारीमा काम अगाडि बढाइएको छ ।

धारा बनाउन नगरपालिकाको ६० र युनिसेफको ४० प्रतिशत लगानी रहेको छ । पहिलो चरणमा नगरपालिका २, ६ र ९ वडाका घरमा धारा निर्माण भइरहेको नगरपालिका उपप्रमुख मीमसरा शाही बमले बताए ।

“पहिलो चरणमा तीन वटा वडामा काम भइरहेको छ”, उनले भने “दोस्रो चरणमा सबै वडामा घरघरमा खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेका छौँ ।”

पहिलो चरणमा नगरपालिका–२ मा चार लाखमा ४५ घरधुरी, वडा नं ६ मा ११ लाखमा ८१ घरधुरी र वडा नं ९ मा २८ लाख ५० हजारमा १८५ धरधुरीमा खानेपानीको पहुँच पुग्ने उपप्रमुख बमले बताए । नौवटै वडामा आगामी आर्थिक वर्षमा नै खानेपानी धारा पु¥याउने लक्ष्य राखेर निर्माणको काम भइरहेको नगर प्रमुख काशीचन्द्र बरालले बताए ।

“ आगामी आर्थिक वर्ष्भित्र नगरभित्रका सबै वडाका घरधुरीमा खानेपानीका धारा बनाउने छौँ”, उनले भने, “नगरभित्रका कुनै पनि घरधुरीे पानीको पहुँच बाहिर हुने छैनन् ।”

प्रतिक्रिया