बिहीबार, वैशाख १३, २०८१

सिभिल बैंकको १० औं बार्षिक उत्सव सम्पन्न (फाेटाे फिचर)

नेपालखोज २०७७ मंसिर १० गते १९:२२

काठमाडौं । सिभिल बैंकले १० औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमतिप्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार संचालन गर्दै आईरहेको बैंक आज बुुधबारबाट दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापीरुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निः शुल्क खाना बितरण गर्नेदेखि प्लाज्मा दान गर्नेसम्मको कार्यक्रम गरी बार्षिक उत्सव मनाएको छ ।

बैककाअनुुसार बार्षिक उत्सवका अवसरमा कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्धता व्यक्त गरेको छ ।

बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजनको प्रवन्ध गरेको छ भने मातातिर्थमा रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि तीन महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

भने बैंक संचालक समितिका अध्यक्ष ई. ईच्छाराज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्ने सम्पूर्ण ग्राहकहरु, नियमनकारी निकाय, पत्रकार/मिडियाकर्मी मित्रहरु, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु तथा अन्य सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेको थियो ।

प्रतिक्रिया