मंगलबार, साउन १, २०८१

तराई-मधेस समृद्धि कार्यक्रम : ठूला परियोजना सञ्चालनमा

नेपालखोज २०७६ माघ १९ गते ६:४७

१९ माघ, काठमाडौं । सरकारले तराई–मधेस समृद्धि कार्यक्रमद्वारा तराई–मधेसमा ठूला परियोजना सञ्चालन गरेको छ।

तराई–मधेसका कतिपय स्थानीय तह मानव विकासको सूचाङ्कमा तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा पछाडि परेकाले सरकारले तराई–मधेसको समग्र विकासका लागि ठूला परियोजना सञ्चालन गरेको हो।

विभिन्न जिल्लामा सामूहिक आवास भवन ६० वटा, सामुदायिक पूर्वाधार २८९, सडक १८, कृषि विकास २०, खानेपानी तथा सरसफाइ १५, सिँचाइ तथा नदी नियन्त्रण २०, ऊर्जा आठ, विपद् न्यूनीकरण पूर्वाधार दुईवटा गरी ४३२ वटा योजना धमाधम सञ्चालनमा रहेका छन्।

सरकारले चालू आर्थिक वर्षभित्रमा सबै योजना सम्पन्न गर्ने गरी तराई–मधेसका २२ जिल्लाका २७७ स्थानीय तहमा एक अर्ब ६० करोड रुपियाँ लागतमा यी कार्यक्रम सञ्चालन भइरहेका हुन्। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया