कोरियाली राजदूतावास रहेकै ठाउँमा आगलागी
नेपालखोज
२०७६ माघ १९ गते १३:५७
ललितपुर । बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ । कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सट के कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
उनले भने, “ हामीलाई कार्यालयमा ११ बजेर १५ मिनेट जाँदा फोन आएको थियो । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका तथा नेपाली सेनाका गरी पाँच वटा दमकल र १५ पानी ट्याङ्कीबाट आगो नियन्त्रण गरियो ।”
सम्बन्धित
प्रतिक्रिया