सोमबार, जेठ ७, २०८१

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

नेपालखोज २०७६ माघ १९ गते १६:२६

काठमाडौँ । न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरे । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरे।

हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मेका थिए भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भने।
उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया