सोमबार, जेठ ७, २०८१

चर्चमा भागदौड हुँदा २० को मृत्यु

नेपालखोज २०७६ माघ १९ गते १७:०४

काठमाडौँ । चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने खतरा रहेको बताए । उनका अनुसार घटना शनिबार दिउँसो भएको हो ।

“घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, अरू केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,” उनले एएफपीसँग भने ।

शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुको एकाएक भागदौड हुँदा च्यापिएर मृत्यु भएको वारीओबाले बताए। तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गर्नुभएको थियो । उहाँले आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गरिरहेका बेला भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रतिक्रिया