शुक्रबार, जेठ ४, २०८१

पब्जी टोली मकाउ प्रस्थान

नेपालखोज २०८० असार ७ गते ५:२९

काठमाडाैं । पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली आज मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य अञ्जन धमलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र सङ्गीन भट्टराई (साङ) रहेका छन् । एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ ।

पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपालमा पनि ई–स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेलसरह यो खेललाई पनि अभिभावकत्व प्रदान गरिने बताए । rss

प्रतिक्रिया