शनिबार, असोज १३, २०८०

एमसीसीको कडा विरोध गर्ने भीम रावललाई नै नेकपाले बनायो सुझाव समिति सदस्य

नेपालखोज २०७६ माघ १९ गते १७:४८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । बैठकले खनालको नेतृत्वमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहने गरि रहेका छन् ।

एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । यस सम्झौताका बारेमा विगतदेखिनै नेता रावल चर्को विरोध गर्दै आइरहेका छन् ।

उनले एमसिसी पास गर्नु भनेको आमालाई पैसामा विक्री गर्नु सरह हो भनि विरोध गरिरहेका बेला सुझाव समितिमा उनलाई नै राखिएको छ । यसले अब भिम रावलको आवाजलाई बन्द गराइने त होइन भन्ने आशंका बढेको विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया