आइतबार, चैत ९, २०८१

यसकारण जोखिमपूर्ण छ नेपाली श्रमिकका लागि मलेसिया

नेपालखोज २०७६ माघ २० गते ७:२५

२० माघ, काठमाडौँ । नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।

Advertisement

विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये लगभग २ हजार ५ सयले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

प्रतिक्रिया