बिहीबार, माघ १०, २०८१

धमाधम कारबाही गर्दै राष्ट्र बैक, सिभिल र सेन्चुरी परे कारबाहीमा

नेपालखोज २०७६ माघ २० गते १६:५४

२० माघ, काठमाडौं । बाणिज्य वैकहरुले कर्जा स्रोत परिचालन अनुपात (सिसिडी रेसियो) मा निगरानी बढाएपछि बाणिज्य बैंकहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने थालेको छ । राष्ट्र बैंकले यही सिलसिलामा सिभिल वैक र सेन्चुरी कमर्शियल बैंकलाई कारबाही गरेको छ । यस अघि राष्ट्र बैंकले नेपाल वंगलादेश बैंकलाई कारबाही गरेको थियो ।

Advertisement

कार्वाहीमा परेका वैकहरुले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप सिसिडि रेसियो कायम नगरेको आरोप लागेको छ । कारबाही परेका बैंकहरुले नेपाल राष्ट्र बैकलाई जरीवाना तिरेका छन् । राष्ट्र बैंकका अनुसार सिभिल बैकले ३७ लाख ५७ हजार ४ सय ४५ रुपैयाँ र सेन्चुरी बैंकले ७ लाख १९ हजार ७ सय ६० रुपैयाँ जरीवाना तिरेका छन् ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनललाई समेत कारबाही गरेको छ । सिटिजनसलाई २० लाख रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया