मंगलबार, साउन १, २०८१

विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि बबई बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

नेपालखोज २०७६ माघ २१ गते १०:२४

२१ माघ, गुलरिया । विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि बबई बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी आन्दोलित बनेका छन् । उक्त क्याम्पसमा बि एड तेस्रो सेमेस्टरमा अध्यनरत छात्रा रेश्मा कुमारी चौधरीलाई गाडीले ठक्कर दिएपछि आज मंगलबार बबई बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न ८ बस्ने घाइते छात्रा रेश्मा कुमारी चौधरीलाई भे १ ज १११३ नं.को यात्रु वाहक विंगर गाडीले क्याम्पस जादै गर्दा तुलापुर चोकमा ठक्कर दिएको थियो ।

सहपाठी घाइते बनेपछि विद्यार्थीहरुले क्याम्पस रुटमा चल्ने सवारीलाई रोक लगाएर आन्दोलन गर्नु परेको क्याम्पसमा अध्यनरत विद्यार्थी जयराम बिसिले बताए ।

प्रतिक्रिया