बिहीबार, वैशाख १३, २०८१

चितवन प्रहरी प्रमुखमा गुरुङ, पर्सामा पन्त

नेपालखोज २०७६ माघ २१ गते १७:०८

काठमाण्डौ । विगत एक महिनादेखि जिल्ला प्रहरी प्रमुखविहीन अवस्थामामा रहेको चितवनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नातिराज गुरुङलाई पठाएको छ ।

यसअघि जिल्लामा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि गुरुङलाई विकल्पको चितवन पठाइएको हो ।

यसअघि प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो ।

तर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आडमा मल्लले प्रहरी हेडक्वार्टरको आदेशलाई मानेनन् ।

यसैगरी पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी मुख्यालयले उनलाई पर्साको जिम्मेवारी दिएको छ । फेसबुकमा लेखेको कमेन्टका कारण विवादमा आएकी पन्तलाई चितवनमा पठाउने निर्णय यस अघि गरिएको थियो ।

पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ । उनी अपराध अनुसन्धानमा पोख्त अधिकृत हुन् । राठौरसँग यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा काम गरेको अनुभव छ ।

बारामा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाइने भएको छ । यसअघि पन्तको विकल्पमा उनको नाम चितवनका लागि चर्चामा आएको थियो ।

प्रतिक्रिया