बालुवाटार ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा
नेपालखोज
२०७६ माघ २२ गते १७:२२
काठमाण्डौ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणसँग सम्बन्धित पूर्वमन्त्रीलगायत १ सय ७५ जनामाथि बुधबार विशेष अदालतमा मुद्दा दर्ता प्रक्रिया सुरु भएको छ ।
बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा अनियमितता भएको भन्दै यसमा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा पुगेको हो ।
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छेदार, पूर्व मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्व सचिवहरु छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १ सय ७५ जनामाथि मुद्दा दर्ताका लागि अभियोगपत्र विशेष अदालतमा पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया