कफी खाऔं, अल्जाइमर भगाऔं
हालै भएको एक अध्ययनले कफी पिउने व्यक्तिहरूमा अल्जाइमर हुने खतरा कम हुने तथ्य बाहिर ल्याएको छ । अनुसन्धानले कफीमा रहेको तत्व कैफीनले मस्तिष्कलाई शान्त बनाउने र मस्तिष्क सम्बन्धी रोग एवं तनावबाट टाढा राख्ने तथ्य बाहिर ल्याएको हो । इलिनोइस विश्वविद्यालयको प्रोफेसरका अनुसार मस्तिष्कमा उत्तेजना तथा तनाव बढाउने तत्वहरूलाई कफीले नियन्त्रण गर्न मद्दत पु¥याउने बताए । अध्ययनकर्ताहरूले सबैभन्दा पहिला कैफीनको प्रभाव मुसामा परीक्षण गरेका थिए ।
यसमा मुसाको एक समूहलाई कफी दिइएको थियो भने अर्काे समुहलाई दिइएको थिइएन । यस अध्ययनका क्रममा कैफीन नदिइएको मुसाहरू भन्दा कफी दिइएको मुसाहरूको स्मृति शक्ति ३३ प्रतिशत भन्दा बढी दरले विकास भएको पाइयो । अध्ययनकर्ताका अनुसार कफीले तनाव, उत्तेजनालाई वृद्धि गर्ने तत्वहरूलाई नियन्त्रणमा राख्दछ । किनकि मस्तिष्कमा बढी तनाव र रिसराग, उत्तेजना भएमा अल्जाइमर जस्तो रोगहरूको कारण बन्न सक्छ ।
प्रतिक्रिया