शुक्रबार, असोज ५, २०८०

उपनेता विजयकुमार गच्छदार सांसदबाट निलम्बित

नेपालखोज २०७६ माघ २३ गते ८:५२

२३ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई सांसदबाट निलम्बित गरिएको छ । ललिता निवास प्रकरणमा गच्छदारलाई दोषी ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेपछि उनलाई निलम्बन गरिएको छ ।

आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन हुने व्यवस्था ऐनमा छ । उता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लालझण्डा ओढेपछि सबै खत पनि माफ हुने हो भनि प्रश्न गरेका छन् ।

प्रतिक्रिया