गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपालखोज २०७६ माघ २३ गते १०:५१

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । अख्तियारले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट बनेको कांग्रेसले आज बिहीबार पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट स्रोतले जनाएको छ ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न बैठक बोलाइएको पुष्टि गरे । उनका अनुसार सभापति देउवाले उक्त विषयमा छलफलका लागि पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरुलाई बोलाएका छन् ।

प्रतिक्रिया