कांग्रेसले विरोध गरेपछि संसद बैठक स्थगित
नेपालखोज
२०७६ माघ २३ गते १३:४५
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ। कांग्रेसको अवरोधका कारण बैठक स्थगित गरिएको छ ।
आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको हो ।
कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गच्छदारमाथिको आरोपबारे आधिकारीक धारणा सार्वजनिक गर्न आज अपरान्ह सवा ४ बजे पत्रकार सम्मेलन डाकेको छ।
सम्बन्धित
प्रतिक्रिया