शनिबार, असोज १९, २०८१

सत्ता गठबन्धनको बैठक बस्दै

नेपालखोज २०७९ पुष २८ गते ८:२५

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ ।

यद्यपी, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । बैठक अघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी गरेको छ ।

प्रचण्डले बुधवार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया