बुधबार, जेठ १, २०८२

काठमाडौँको कलङ्कीमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु

नेपालखोज २०७६ माघ २३ गते १३:५७

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया