सरकारविरुद्ध धनगढीमा नेवि संघको विरोध प्रदर्शन
नेपालखोज
२०७६ माघ २४ गते ८:४१
२४ माघ, धनगढी । नेपाल विद्यार्थी संघले ललिता निवास जग्गा अतिक्रमण प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउने काम गरिएको भन्दै धनगढीमा विरोध प्रदर्शन गरेको छ ।
बिहीबार राति धनगढी एल.एन चौकमा मसाल जुलुस निकाल्दै नेपाल विद्यार्थी संघले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दलका नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई पनि कारबाहीको माग गरेका हुन् ।
नेकपाले अख्तियारलाई हातमा लिएर आफ्ना नेतालाई जोगाएको नेवि संघका निर्वतमान उपाध्यक्ष पुष्पकुमार शाहीले बताए । एलएनचोकबाट निकालिएको मसाल जुलुस पार्कमोड हुँदै एलएनचौक मै आएर अन्त्य भएको थियो ।
जुलुसमा अख्तियार माथिको हस्तक्षप बन्द गर, केपी ओली मुर्दावाद, विजय कुमार गच्छदार माथिको आरोप खारेज गर भन्दै नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया