मंगलबार, असार १७, २०८२

चीनका कारण भक्तपुरमा वीर अस्पताल बन्न सकेन

नेपालखोज २०७८ चैत ८ गते १९:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन् ।

आज चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताए ।

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमती गराउने प्रयास गर्ने पनि उनले बताए । उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरु पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने बताए ।

प्रतिक्रिया