बालुवाटार जग्गा प्रकरण : अख्तियारले सरकारलाई उन्मुक्ति दिएको भन्दै कांग्रेस विरोध प्रदर्शनमा
२४ माघ, काठमाण्डौँ । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउनेविरुद्ध मुद्दा चलाउँदा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको तर कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई भने फसाएको दाबी गर्दै कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले आज शुक्रबार दिउँसो साढे १२ बजे काठमाण्डौको माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।
बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विष्णु पौडेलका छोरा नवीनलाई उन्मुक्ति दिएको तर गच्छदारमाथि राजनीतिक प्रतिशोध लिएर मुद्दा लगाएकाले विरोध गर्नुपरेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले जनाएको छ ।

प्रतिक्रिया