शुक्रबार, वैशाख १२, २०८२

पोखरामा चितुवाको आक्रमणमा परि एक वर्षीया बालिकाको मृत्यु

नेपालखोज २०७६ माघ २४ गते ९:५७

२४ माघ, पोखरा । चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किए पछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् ।

प्रतिक्रिया