शनिबार, असार २, २०८१

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ६३६ पुग्यो, ३१ हजार संक्रमित

नेपालखोज २०७६ माघ २४ गते १०:२०

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या ६ सय ३६ पुगेको छ ।

चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरसबाट बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको छ । संक्रमित हुनेहरू निको भएर फर्किने गरे पनि मृत्यु हुने र नयाँ संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ ।

चीनमा बिहीबार रातिम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३१ हजारभन्दा बढीलाई सङ्क्रमण भएको छ ।

कोरोनाभाइरस अहिलेसम्म २५ वटा देशमा फैलिसकेको छ । अधिकांश देशले चीनको भ्रमणमा रोक लगाएका छन् । चीनले आफ्ना १५ वटा ठूला सहर झन्डै बन्दकै अवस्थामा राखेको छ ।

प्रतिक्रिया