कांग्रेसद्वारा आजपनि सदन अवरुद्धः आधा घण्टाका लागि बैठक स्थगित
नेपालखोज
२०७६ माघ २४ गते १४:०१
काठमाडौँ । नेपाली कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा बैठक आजपनि अवरुद्ध गरेको छ । संसदीय दलका उपनेता समेत रहेका सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रवार पनि बैठक अवरुद्ध गरेको हो ।
बैठक अहिले आधा घण्टाकालागि स्थगित गरिएको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले संसद अवरुद्ध गर्नु रहर नभइ बाध्यता भएको बताए ।
भ्रष्टाचारमुक्त समाजको अन्त्य र विधिको शासन स्थापना गर्ने उद्देश्यका साथ कांग्रेस सरकारले नै ऐन ल्याएर अख्तियारको स्थापना गरेको उनले स्मरण गराए । अख्तियारको छानबिन पूर्वाग्रही भएको कांग्रेसले आरोप छ ।
सम्बन्धित
प्रतिक्रिया