चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण
नेपालखोज
२०७९ पुष ६ गते १४:१८

बेइजिङ । चीनमा कोरोना संक्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मंगलबार मात्र यहाँका स्थानीय स्तरमै संक्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
साथै यहाँ मंगलबार मात्र एक हजार नौ सय जना संक्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्र्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ । यो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीय स्तरमा नै कोरोना सङ्क्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया