शुक्रबार, वैशाख १२, २०८२

आजपनि कांग्रेसले सदन अवरुद्ध गर्ने

नेपालखोज २०७६ माघ २४ गते १२:५९

काठमाण्डौ । आफ्नो पार्टीका उपसभापतिलाई दुराशयपूर्ण तरिकाले ललिता निवास जग्गा प्रकरणमा मुद्दा अगााडि बढाएको भन्दै हिजोको संसद अवरुद्ध गरेको नेपाली कांग्रेसले आजको बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ ।

शुक्रबार विहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया