शनिबार, वैशाख १५, २०८१

पाचन प्रणाली कमजोर छ ? यी कुरा तुरुन्तै त्याग्नुस्

नेपालखोज २०७६ माघ २५ गते ६:०५

१. अन्यत्र भुलेर नखाने
कहिले काहिँ हामी अन्यत्र भुलेर वा काम गर्दै खादाँ हामी अत्यधिक मात्रामा खानेकुरा खाने गर्दछौ । जसलाई पचाउन गाह्रो हुन्छ । तसर्थ टेलिभिजन हेर्दै, गित सुन्दै वा भलाकुसारी गर्दै खानु हुदैन । यसले हाम्रो पाचन क्षमतामा हानि पार्दछ ।

२. अत्यधिक नखाने
केहि मानिसमा जुनसुकै समयमा जति भए पनि खाने बानि हुन्छ । भर्खर खाना खाएको मानिसले पनि कतै भोज वा भत्तेर भेटेमा फेरी खाने गर्दछन् । सबैमा यो बानि लागु नहुन सक्छ । तर यस्तो बानि छ भने यसलाई तत्काल छाड्नु पर्दछ ।

३. स्वाद लिएर खाने
कुनै पनि खानाको आआफ्नो स्वाद वा विशेषता हुने गर्दछ । तर खाना खाएको बेला यसको स्वादको मिठास लिन सकिएन भने यसबाट प्राप्त हुने आवश्यक मात्राको पौष्टिक सहित खानेकुराको मात्रा समेत असमान हुन्छ । जसले पाचन प्रणाली बिर्गान सक्छ ।

४. साह्रो वा काचो नखानुहोस्
केहि मानिस सारो र काचो खाना खान रुचाउँछन् । तर यसलाई पचाउन हाम्रो पाचन प्रणालीलाई निकै बल पुर्याउँछ । यस्तो अवस्थामा अदुवाको एक टुक्रालाई कागतीको रसमा मिसाई पिएमा जस्तै साह्रो भोजन पनि पच्ने गर्दछ ।

५. चिसो पेय नपिउनुहोस्
केहि मानिसमा चिसो पेय पर्दाथ अर्थात कोल्ड ड्रिंकको सेवन गर्ने लत झै हुन्छ । तर पाचन प्रणालीका लागी यो सबैभन्दा हानिकारक मानिन्छ । साथै बजारमा पाइने फास्टफूडको सेवन पनि पाचन प्रणालीका लागी लाभदायक मानिदैन ।

६. सहि समयमा भोजन
पाचन प्रत्रृmया दुरुस्त राख्न सहि समयमा भोजन गर्न आवश्यक हुन्छ । साथै नियमित दिनचर्याको समेत पालना गर्नुपर्दछ । अर्थात विहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना समयमा खानु पर्दछ ।

प्रतिक्रिया