शुक्रबार, वैशाख १२, २०८२

सिन्धुपाल्चोकको तिमेनी प्रहरी चौकीमा आक्रमण, असइसहित दुई प्रहरी घाइते

नेपालखोज २०७६ माघ २५ गते ८:३३

२५ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा अज्ञात समूहले अन्धाधुन्ध आक्रमण गरेको छ । शुक्रबार राति करिब १ बजे १०÷१२ वटा मोटरसाइकलमा आएका समूहले प्रहरी चौकीमा आक्रमण गर्दा इञ्चार्जसहित दुइ प्रहरी घाइते भएका छन् ।

प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो । अज्ञात समूहको आक्रमणबाट चौकीका इञ्चार्ज तथा असइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिऐ ।

असई झालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ भने हवलदार मगरको प्राथमिक स्वास्थ केन्द्र मेलम्चीमा उपचार भईरहेको छ ।

आक्रमणमा संलग्गन मध्ये एक जना र दुइ मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । पक्राउ पर्नेमा मेलम्ची नगपालिका–८ का सन्तोष तामाङ रहेका छन् ।

घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी तिपेनीमा खटाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया