शनिबार, असोज ५, २०८१

आफूविरुद्ध बयान दिने दुई उच्च अधिकारीलाई ट्रम्पले पदबाट हटाए

नेपालखोज २०७६ माघ २५ गते ८:५८

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाअभियोग प्रस्तावमा बयान दिने दुई उच्च अमेरिकी अधिकारीलाई पदबाट हटाएका छन् ।

ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राजदुत गोर्डन सोंल्याण्डले तथा लेफ्टिनेट कर्णेल अलेक्जेन्डर भिन्डम्यानलाई पदबाट हटाएका हुन् ।

बर्खास्तीमा परेका सोंल्याण्डले आफूलाई हिजो तुरुन्तै देश फर्किन भनिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले त्यसको ठीक एक घण्टा अगाडि युक्रेनका उच्च विज्ञ मध्येका एक भिन्डम्यानलाई ह्वाइट हाउसबाट बाहिर पठाएका थिए ।

त्यहाँको माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रकरणमा सफाइ पाएका ट्रम्पले कर्मचारीहरूको फेरबदल गर्न सोचमा पुगेको बताइएको छ । यसअघि ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्मा वरिष्ठ वकिलका रुपमा कार्यरत भिन्डम्यानका जुम्ल्याहा भाइलाई पनि हिजो पुनः सेनाको विभागमा फिर्ता पठाएका थिए ।

प्रतिक्रिया