शुक्रबार, वैशाख १२, २०८२

आज ललितपुरका विभिन्न ठाउँमा पाँच घण्टा बत्ती जाने

नेपालखोज २०७६ माघ २५ गते ९:२१

२५ माघ, ललितपुर । शनिबार आज ललितपुरका विभिन्न ९ ठाउँमा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन कुपण्डोल फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले बत्ती जाने भएको हो ।

बिहान ११ बजेखि साँझ ४ बजेसम्म ‘सट डाउन’ हुने केन्द्रले जनाएको छ । यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्रमा बत्ती जाने भएको छ ।

निर्धाति समय अगावै काम सकिए ४ बजेभन्दा अगाडि नै बत्ती आउने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया