बुधबार, चैत ५, २०८१

बेलायतमा शक्तिशाली आँधी र वर्षा, दर्जनौं उडान रद्द, रेल सेवा पनि प्रभावित

नेपालखोज २०७६ माघ २६ गते १८:१३

एजेन्सी । बेलायतमा शक्तिशाली सियारा आँधी र वर्षाका कारण आवतजावतमा अवरोध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

Advertisement

बेलायतका एयरलाइन्सहरुले दर्जनौं आन्तरिक र बाह्य उडान रद्द गरेको छ भने रेल कम्पनीले यात्रा नगर्न आग्रह गरेका छन् ।

फेरीका यात्रुले पनि ढिलाइको सामना गर्नु परेको छ भने केही फेरीहरुले यात्रा रद्द गरेका छन् । फेरीका चालकहरुलाई विशेष सावधानी अपनाउन चेतावनी दिइएको छ । आँधीसँगै वर्षा पनि भइरहेको छ ।

बेलायतमा बाढी आउनसक्ने भन्दै दुई सय भन्दा बढी चेतावनी दिइएको छ । खराब मौसमका कारण विभिन्न खेलकुदका इभेन्ट पनि रद्द गरिएका छन । बीबीसी

प्रतिक्रिया