शुक्रबार, वैशाख १४, २०८१

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वरभर २८ सय नाघ्यो, ८२ हजार बढी प्रभावित

नेपालखोज २०७६ फागुन १६ गते ७:३१

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चीनसहित विश्वभर दुई हजार आठ सय भन्दा बढीको मृत्यु भइसकेको छ । भने ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो भाइरस चीन बाहेक हालसम्म ४४ देशमा देखा परेको छ । ११ वटा युरोयिन देशहरुमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यस्तै दक्षिण कोरियामा पनि एक हजार सात सय भन्दा बढी संक्रमतिहरु देखा परेको समाचारमा जनाइएको छ ।

अन्य देशहरुमा पनि यो भाइरस फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन् ।

पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया