सोमबार, असार २३, २०८२

काेराेना भाइरस: नेपालीलाई उद्धार गर्न ३ गते वाइडबडी विमान चीन जादै

नेपालखोज २०७६ माघ २७ गते १०:०६

२७ माघ, काठमाडौं । फागुन ३ गते नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई लिन चीन जाने भएकाे छ ।

कोरोना भाइरसको उदगम थलो वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएकाे हाे ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।

प्रतिक्रिया