शनिबार, असार २१, २०८२

पूर्वसचिव कार्कीकी श्रीमतिको हत्या, कामदार पनि मृत फेला परे

नेपालखोज २०७६ माघ २७ गते १४:१२

काठमाडौँ। पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित आफ्नै घरको भान्छा कोठामा उनको हत्या भएको हो । उनको घरमा रहेका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

स्थानियका अनुसार पशुपति दर्शन गरेर १२ बजे घर पुगेका पूर्वसचिव कार्कीले बेस्सरी चिच्याएपछि स्थानीयवासी घर पुगेका थिए । त्यहाँ मुनाको विभत्स घटना भएको देखियो । स्थानियले मुना जीवितै रहेको देखेपछि तत्कालै स्टार अस्पताल लगेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ललितपुर उपमहानगरपालिका २, सानेपास्थित घरको भान्छा कोठामा कार्की पत्नीलाई गम्भिर अवस्थामा भेटिएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो । हातमा नीलडाम देखिएको थियो । दाङ स्थायी घर भएका कामदार चौधरीलाई डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको थियो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी   दिए ।

प्रतिक्रिया