शुक्रबार, वैशाख ७, २०८१

यात्रुबाहक बसको ठक्करबाट दुईको मृत्यु

नेपालखोज २०७६ माघ २७ गते १६:२८

सिरहा । सिरहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा आज यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबाहक बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जन्तीबाट घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया