डा. जीसीको राजीनामासँगै कृषि सचिवको दरवन्दी हटाईँदै
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेको दुई सचिव मध्ये कृषि तर्फको दरवन्दी हटाइने भएको छ ।
तीन वर्ष अघि कृषि विकास मन्त्रालय विभाजन गरी पशुपन्छी विकास मन्त्रालय र कृषि विकास मन्त्रालय गरी दुईवटा मन्त्रालय स्थापना गरिएको थियो । पछि संघीय संरचना अनुरुप मन्त्रालय घटाउने भन्दै कृषि र पशुपन्छी मन्त्रालयलाई पुन एउटै बनाइयो । तथापी मन्त्रालयका रहेको दुई सचिवका दरवन्दी मिलान गर्नका लागि कृषि सेवा तर्फ एक र पशु सेवा तर्फ एक गरी दुई सचिवको दरवन्दी कायम रहेको थियो ।
अहिले पशुसेवा तर्फ प्रकाश माथेमा सचिवका रुपमा काम गरिरहेका छन् भने कृषि सेवा तर्फ डा युवकध्वज जिसी थिए ।
जिसीले आगामी २९ गतेदेखि लागू हुने गरी कृषि सचिवबाट दिएको राजीनामा गत सोमबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि फागुन १ गतेदेखि देखि कृषि सेवा तर्फको सचिव पद रिक्त हुँदैछ । यद्यपी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुईवटा सचिवले काम गर्दै आईरहेको भएपनि फागुन १ गतेदेखि भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्रकाश माथेमाले सम्हाले भएका छन् ।
कृषि सचिव डा. युवकध्वज जिसीको राजीनामासँग उनको रिक्त पदलाई हटाउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय श्रोतले बताएको छ । कृषि तथा पशु सेवा तर्फ विगतमा पनि दुई सचिवहरु नै रहँदै आएका थिए ।
प्रतिक्रिया