चीनबाट ल्याइने विद्यार्थीलाई निगरानीमा राख्न अस्पतालमा १४७ शैय्या तयार
२८ माघ, काठमाडौं । चीनको वुहान प्रान्तबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीलाई निगरानीमा राख्न राजधानीका ३६ अस्पतालका १ सय ४७ वटा शड्ढया तयार गरिएको छ ।
उनीहरूको वुहानस्थित विमानस्थलमा स्वास्थ्य जाँच गरेपछि त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा पनि परीक्षण हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘कुनै व्यक्तिलाई संक्रमणको शंका लागेमा विमानस्थलबाटै अस्पतालमा र्पुयाई उपचार गर्ने व्यवस्था मिलाइएको छ ।’ चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ८० जना विद्यार्थीले उद्धारका लागि नेपाली दूतावासमा निवेदन दिएका छन् ।
शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल लगायतका ३६ वटा अस्पतालले एक सय ४७ आइसोलेसन बेड बिरामीका लागि छुट्याएका छन् ।
मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार हेल्थ डेस्क, क्वारेन्टाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र प्यारामेडिक्सका लागि सोमबार अभिमुखीकरण तालिम दिइएको छ ।
तालिममा ८५ जना स्वास्थ्यकर्मी सहभागी थिए। उद्धारमा ५० देखि ६० स्वास्थ्यकर्मी खटिनेछन् । स्वास्थ्य उपचारमा मेडिकल अफिसर, स्टाफ नर्ससहितको टोली परिचालन हुनेछन् ।
प्रतिक्रिया