बुधबार, माघ २, २०८१

ओलीको जम्बो केन्द्रीय कमिटी

नेपालखोज २०७७ पुष २७ गते १२:१९

काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा थप ३ सय २ जनालाई थपेर १५ सय १ सदस्यीय पुर्‍याएको छ । पुस ७ गते सुरू भएर ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले १५ सय १ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको हो ।

Advertisement

पुस ७ गतेको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार १९९ पुर्‍याउने निर्णय गरेको थियो ।

यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ । ओली समूहले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टी अध्यक्ष ओलीले गरेको मनोनयनलाई केन्द्रीय सदस्यहरूले अनुमोदन गरेको भनिएको छ ।

२०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो । त्यसकै आधारमा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो । ४ सय ४१ सदस्यी कमिटीमा ओली भारी अल्पमतामा परेपछि केन्द्रीय कमिटी विस्तार गरेका हुन् ।

४ सय ४१ मध्ये प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना रहेका छन् ।

प्रतिक्रिया