सदनमा जारी अवरोध र आगामी रणनीति बारे छलफल गर्न कांग्रेस कार्यसमिति बैठक बस्दै
नेपालखोज
२०७६ माघ २८ गते १०:०४
२८ माघ, काठमाडौं । संसद्मा जारी राखिएको अवरोध र आगामी रणनीतिका बारेमा छलफल गर्न नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठक मंगलबार आज बस्दैछ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बिहान साढे १० बजे बस्ने बैठकमा संसद्को अवरोधलाई निरन्तरता दिने कि विरोधको स्वरुप परिवर्तन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई पूर्वाग्रही भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेकोमा काँग्रेसले विरोधस्वरुप विगत तीन दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
सोमबार हिजो बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टी नेता विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाइएको भन्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो ।
सम्बन्धित
प्रतिक्रिया