शुक्रबार, वैशाख ७, २०८१

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थामा एक अर्ब २७ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७७ कार्तिक १३ गते ९:०१

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा एक अर्ब २७ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंककाअनुसार दुई सय ७३ दिने मुुद्धती निक्षेपकोरुपमा २०७७ मंसिर दुुई गतेदेखि बिसं २०७८ साउन ३२ गतेसम्मको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरुले यही कार्तिक १६ गते अपरान्ह तीन बजसेसम्म आफुले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुु पर्ने छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि छुुट्याईएको कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब एक करोड ६० लाख, बिकास बैंकहरुको लागि १९ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ३५ लाख रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैककाअनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

त्यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा -व्यवस्था पछिकोमा रहेको, लगानी गरिने बैंकको कुनैपनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन ।

नेपाल राष्ट्र बैंकले जारी गरेकाे लगानी सम्वन्धि सूचनाकाे पूर्णपाठ हेर्नका लागि यहाँ क्लीक गर्नुहाेस्

प्रतिक्रिया