शनिबार, वैशाख १३, २०८२

दिल्ली विधानसभा चुनावको मतगणना सुरु

नेपालखोज २०७६ माघ २८ गते १०:११

एजेन्सी । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बनेको देखिएको छ । यद्यपि, उसलाई १० भन्दा बढी सिटमा घाटा भएको देखिएको छ ।

पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो । आपले गुमाएको सिट भारतीय जनता पार्टी (भाजपा) ले जित्ने सङ्केत देखिएको छ । बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र कँग्रेसले १ सिटमा अग्रता बनाएको छ ।

गत फेब्रुअरी ८ मा दिल्ली विधानसभाको ७० सिटका लागि निर्वाचन भएको थियो । यसपटक ६२.५९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दिल्लीमा अहिले पनि आप कै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कँग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ ।

प्रतिक्रिया