अब नेपालमा एक वर्ष काम नगरेका चिकित्सकलाई अमेरिकालगायत विकसित देश जान नदिइने
नेपालखोज
२०७६ माघ २८ गते १०:३१
२८ माघ, काठमाडौँ । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको रुपमा नेपालभित्र एक वर्ष काम नगरेको कुनै पनि नेपाली नागरिकलाई अमेरिकालगायत विकसित देशमा अध्ययन गर्न जाँदा चाहिने ‘आवयकताको पत्र’ (स्टेटमेन्ट अफ निड्स) नदिने भएको छ ।
अमेरिकालगायत अन्य विकसित देशहरुमा अध्ययन–तालिमका लागि जाने नेपाली चिकित्सक–स्वास्थ्यकर्मीहरुलाई आवश्यकताको पत्र जारी गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘स्तरीय कार्य सञ्चालन कार्य्विधि, २०७६’ उक्त प्रावधान राखिएको हो ।
छात्रवृत्तिमा अध्ययन गरेको व्यक्तिले छात्रवृत्ति सेवा करार पूरा गरेको व्यहोरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले प्रमाणित गरेको हुनेपर्ने कार्यविधिमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया